‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कांग्रेसको नाराबाजीबीच दाहाललाई विश्वासको मत, पक्षमा १  सय ५७ 

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत  प्राप्त गर्नुभएको छ। उहाँलाई एमाले, माओवादी, रास्वपा, जनमत, नेकपा एस, जसपा लगायतका दलले विश्वासको मत दिएका हुन् ।

२०७९ साल पुस  १० मा प्रधानमन्त्री हुनुभएका दाहालले चौथो पटक संसद्बाट विश्वासको मत लिनु भएको हो।  विश्वासको मतको पक्षमा १सय  ५७ मत परेको थियो भने विपक्षमा कुनै मत परेन। 

गृहमन्त्री रवि लामिछाने ले आइतबार संसद्मा  गरेको भाषण रेकर्डबाट हटाउन  प्रमुख प्रतिपक्ष काँग्रेसले नयाँ सर्त अगाडि सारेको छ। सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले  यस्तो सर्त अगाडि सरेको हो। 
सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नत रहेको आरोप लगाउँदै काँग्रेसले संसदीय छानबिन समिति गठनको माग  गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ।  सोमबार पनि विश्वासको मतको प्रस्तावमा छलफल हुँदा काँग्रेसले नाराबाजी जारी राखेको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले  विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा नेपाली काँग्रेसले अवरोध गरेको थियो । अवरोधका कारण कायसूची अनुसार संसद्को बैठक अगाडि बस्न सकेको थिएन। नाराबाजी पछि १५ मिनेट स्थगित भएर बैठक पुनः संचालन भएको थियो।  

सोमबार बैठक सुरु हुन साथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको थियो ।
काँग्रेसले आजको बैठकमा बोल्न माग गरेका थिए, तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नरहेको भन्दै  कार्यसूची अगाडि बढाएपछि काँग्रेसले वेल घेराउ गरेको हो।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : ०८ बजे