‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

विश्वासको मत लिने बैठकमा काँग्रेसको अवरोध,  प्रधानमन्त्रीको पक्षमा १ सय ५४ मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा नेपाली काँग्रेसले अवरोध गरेको छ। अवरोधका कारण काय सूची अनुसार संसद्को बैठक अगाडि बस्न सकेको छैन। 

सोमबार बैठक सुरु हुन साथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि काँग्रेसले अवरोध गरेको हो ।

काँग्रेसका सांसदहरू अहिले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

काँग्रेसले आजको बैठकमा बोल्न माग गरेका थिए, तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नगरेको भन्दै कार्यसूची अगाडि बढाएपछि काँग्रेसले बेल घेराउ गरेको हो।

प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा १ सय १४ भन्दा बढी सङ्ख्या पुग्ने भएको छ। एमालेको ७८, माओवादीको ३२ , रास्वपाको २१ । जनमतको ६  नेकपा एसको १० र  जसपाको ७ मत प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिएको छ। 

काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफपछि थप बिच्किएको छ। संसदीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

सभामुखले अन्य कार्यसूची हटाएर प्रधानमन्त्रीले विश्वासको मत लिने वातावरण बनाइदिन आग्रह गरिरहेका छन्। नाराबाजी भएपछि बैठक केही बेरका लागि स्थगित गरिएको छ। 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : ५६ बजे