‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे ।

प्रतिनिधि सभामा रास्वपाका २१ सा‌सद छन् । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : ३० बजे