‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधि सभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद् भवन बानेश्वरमा बिहान १० बजे बस्ने बैठकमा सभामुख घिमिरेले बैठक सञ्चालनका विषयमा छलफल गर्न लाग्नुभएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । संसदीय समिति गठनका विषयमा सत्तापक्ष र विपक्षबीच सहमतिको प्रयास भएपनि सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ९ : १५ बजे