‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

संसद‍्नमा  रविलेसंझिए दीप श्रेष्ठको गीत :  ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफूले कुनै कमजोरी नगरेकोले कुनै डर नभएको बताउनुभएको छ । सदनमा बोल्दै  प्रमुख प्रतिपक्षी दल कांग्रेसले २ महिनासम्म सहकारी ठग भनेर एकोहोरो आरोप लगाएकोमा गुनासो गर्नुभयो । 

उहाँले कांग्रेसले राती राती प्रधानमन्त्रीको प्रस्ताव गर्ने र दिउँसो सदन अवरोध गरेर बोल्न नदिएको बताउनुभयो । उहाँले गायक दीप श्रेष्ठले उनीहरुले जे सुकै भनेपनि आफू बहुला नभएको टिप्पणी गर्नुभयो । 

गृहमन्त्री लामिछानेले आफूले कुनै ठगी नगरेको बताउँदै आफूमाथि संसदीय छानबिन समिति बनाएमा आपत्ति नहुने बताउनुभयो  ।दीप श्रेष्ठको गीत सुनाउँदै उहाँले भन्नुभयो, ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन ।’
 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : ०२ बजे