साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पीसीआरको नक्कली  रिपोर्ट बनाउने ल्याबमा प्रहरीको छापा : ५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको सिनामगलस्थित सूर्या ल्याबमा छापा मारेको छ ।

सूर्या ल्याबले कोरोना संक्रमणको स्वाब नै नलिई रिपोर्ट बनाएको उजुरी परेपछि प्रहरीले छापा मारेको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार स्वाब नै नलिई नक्कली रिपोर्ट बनाएर दिदै गरेको अवस्थामा छापा मारिएको हो । 

प्रहरीका अनुसार ल्यावले एक जना बराबर ९ हजार रुपैया लिएर नक्कली रिपोर्ट बेचिरहेका थियो । 

प्रहरीले उक्त कार्यमा सलंग्नलाई ५ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले ल्याबबाट केही नक्कली रिपोर्ट समेत बरामद गरेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ०५ बजे