‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित हुनुभएकाे छ । ९औँ जिल्ला अधिवेशनबाट देउजा पुन: अध्यक्षमा निर्वाचित हुभएकाे हाे ।

देउजाले २९० मत प्राप्त प्रदी प्रतिद्वन्दी मोहनवीर श्रेष्ठलाई पराजित गर्नुभएकाे हाे । श्रेष्ठले भने २०१ मत प्राप्त गर्नुभएकाे छ । श्रेष्ठलाई पुर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो । 

त्यस्तै उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित हुनुभएकाे छ भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीबाट नेतृत्व चयन भएको हो । मतदानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ११ : ३० बजे