‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रचण्ड र ओलीलाई सभामुखको सुझाव- अवरोधकाबीच विश्वासको मत लिँदा राम्रो सन्देश जाँदैन

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध खुलाउने विषयमा तीन सन्देश दिनुभएको छ ।

सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद सञ्चालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिनुभएको छ ।

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीलाई दिएको तीन सन्देशः

१) प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।

२) नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन । 

३) सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन् । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ ।

सभामुखको सन्देशपछि प्रधानमन्त्रीले पुनः कांग्रेससँग बसेर सहमति गर्ने बताउनुभएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ७ : १३ बजे