साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

क्याम्पस प्रमुखले नियम विपरीत लिए उपचार खर्च २४ लाख 

सिरहा। मिर्चैयास्थित श्री ब्रम्हचारी दामोदरानन्द कलेजका प्रमुख सञ्जय साहले उपचार खर्च बापत क्याम्पसको खाताबाट २४ लाख रकम लिएको खुलासा भएको छ । क्याम्पस प्रमुख साहले आफू अस्वस्थ भएको र उपचार गराउन आवश्यक रहेको भन्दै क्याम्पसको व्यवस्थापन समितिबाट निर्णय गराई सो परिमाणमा रकम निकासा लिएको सूत्रहरूले जानकारी दिएका छन् । 

व्यवस्थापन समितिका सदस्य कामेस्वर साफी भन्छन् उपचार खर्च लिइएको कुरा पारदर्शी गरिएको छैन । व्यवस्थापन समितिको निर्णय पनि गोप्य राखिएको छ । म व्यवस्थापन समितिमा प्रवेश गरेको धेरै समय भएको छैन । तर मैले पनि थाहा पाएको छु ,  क्याम्पस प्रमुखले उपचार खर्च बापत ठुलो धनराशि निकासा लिएका छन् । रकम कति हो –म ठोकुवा चाहिँ गर्न सक्दिन । 

कलेजमा व्यवस्थापन समितिको अध्यक्ष पदमा क्याम्पस प्रमुख साहका मामा मधुरी साह थिए । पछि मधुरी साहका छोरा कृष्णा साह क्याम्पसका अध्यक्ष बनेका छन् । साह परिवार जग्गा दाता भएका कारण उनको परिवारका धेरै जना क्याम्पसको विभिन्न पदमा आसीन छन् । आफ्नै मामाका छोरा अध्यक्ष भएका कारण क्याम्पस प्रमुख साहले २४ लाख उपचार खर्च बापत झिक्न सफल भएका छन् । मामाका छोरा अध्यक्ष र आफू क्याम्पस प्रमुख भएका कारण नियम मिचेर धेरै काम गरिएको स्थानीयहरूको आरोप छ । ब्रम्हचारी दामोदरानन्द कलेजलाई मिर्चैयामा “मामा भान्जा” कलेज भन्न थालिएको छ । 

मिर्चैयाका नेकपा माओवादी केन्द्रका नेता  दिलीप साह भन्छन् ‘क्याम्पस प्रमुखलाई २४ लाख रकम उपचार खर्च दिइनु अस्वाभाविक हो  ।  उनले भने यसलाई तत्काल पारदर्शी गरिनु पर्छ , सत्य तथ्य बाहिर ल्याइनु पर्छ । छानबिन हुनुपर्छ ।झ् 
मिर्चैयाका नेपाली काँग्रेसका नेता धनेस्वर यादव भन्छन् अभिभावकले गाँस काटेर शुल्क तिरेको रकमबाट क्याम्पस प्रमुखलाई २४ लाख उपचार खर्च दिइएको हो भने यो सिधै भ्रष्टाचार हो । यसको छानबिन हुनुपर्छ । क्याम्पसको विधानमा क्याम्पस प्रमुखलाई उपचार खर्च दिने प्रबन्ध नै छैन । नेपाल सरकारको कुनै आर्थिक ऐन नियमले पनि यति धेरै रकम उपचार खर्च दिन मिल्दैन ।  आफ्नो उपचार खर्च आफैले तिर्नुपर्छ ।   

यस सम्बन्धमा क्याम्पस प्रमुख साहसँग जिज्ञासा राख्दा उनले यतिउति रकम नखुलाए पनि आफूले उपचार खर्च लिएको स्वीकार गरेका छन् ।  साहले भने नियमानुसार विधानसम्मत तरिकाले व्यवस्थापन समितिबाट निर्णय गराई उपचार खर्च लिएको छु । कतिपय रकम पछि कट्टा हुने गरी लिएको उनले बताए । उपचार खर्च बापत कति रकम लिनुभएको हो , खुलाउन आग्रह गर्दा पनि उनले भन्न चाहेनन् ।  

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ३ : २९ बजे