दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्यो, तातो हावाले जनजीवन प्रभावित

नेपालगञ्ज । नेपालगञ्जमा तातो हावाको लहर ‘लू’  चलेपछि जनजीवन प्रभावित भएको छ । उच्च गर्मी र तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित बनेकाे छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार नेपालगञ्जको अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको छ । जुन देशभरमै सबैभन्दा उच्च हो । मौसमविदहरुका अनुसार कम्तीमा अझै दुई तीन दिन तातो हावा ‘लू’ को प्रकोप रहने देखिएको छ  ।

अत्यधिक गर्मीका कारण बजारमा मानिसको उपस्थिति पातलिएको छ भने सरकारी कार्यालयहरूमा पनि सेवाग्राहीको सङ्ख्या घटेको छ । अस्पतालहरूमा बिरामीको चाप बढेको छ । गर्मीका कारण आउँ, झाडापखाला, म्यादी ज्वरो, छालाका बिरामी बढेको भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी डा। सङ्केतकुमार रिसालले बताउनुभयो । 

दिउँसोको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकहरूले आग्रह गरेका छन् । गर्मी बढेपछि बजारमा चिसो पेय पदार्थ, उखुको रस, तरबुजा, खरबुजा, काँक्राको व्यापार बढेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १२ : ०३ बजे