‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काठमाडौंको मनमैजुमा एक प्रहरी जवान मृत फेला

काठमाडौं । काठमाडौंको तरकेश्वर नगरपालिका-९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शुक्रबार साँझ शंकास्पद अवस्थामा फेला परेको हो ।

घिमिरे निर्माणाधीन दुई तले घरको भुइँतलामा मृत भेटिनुभएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ११ : २९ बजे