साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बैंठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने भन्ने पनि निर्णय गरेको छ ।’

उहाँले राजेन्द्रप्रसाद मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी सचिवमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै बैठकले न्युनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्ति गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : ०३ बजे