‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काँग्रेस मोर्चावन्दीमा , सत्ता पक्ष गुरुङ निलम्बनको  पक्षमा 

काठमाडौँ । हिजो सभामुखले बल प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएको काँग्रेसले आफ्नो पक्षमा मोर्चा वन्दीको प्रयास गरेको छ।  सो पार्टीले सत्तासीन दलबाहेकका विपक्षीहरूको बैठक   राखेको छ। बैठक जारी रहेको बताएको छ। 

 नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको संयुक्त बैठक जारी छ । काँग्रेस संसदीय दलको बैठक लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल थालेका हुन् ।

बैठकमा काङ्ग्रेसबाट सभापति देउवासहित, उपसभापति द्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशाङ्क कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राज किशोर यादव, राप्रपाका नेता द्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । सरकारविरुद्ध संयुक्त रणनीति बनाउन काँग्रेसले अन्य दलको पनि साथ लिन खोजेको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको काँग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । हिजो सांसदबिच धकेलाधकेलको अवस्थापछि सहमतिको सम्भावना अझै क्षीण बन्दै गएको छ ।

यता सत्ता  पक्षका सांसदहरूले भने संसद्मा अमर्यादित  गतिविधि गरेको भन्दै काँग्रेस उपसभापति धनराज गुरुङको निलम्बनको माग अगाडि सार्ने तयारी गरेका छन् । 

सभालाई अघि बढाउने अधिकार सभामुखलाई रहेका उनीहरूको तर्क छ।  शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेला नौ महिना एमालेको नाराबाजीबिच नै बिभिन्न विधेयक पारित भएका थिए।  

अझ सभामुखले सत्तारुढ ठुलो दलका नेतामाथि त्यो हदको अपमान भइरहँदा हतारिएर बैठक स्थगित गरेर भाग्नु हुँदैन थियो  भन्ने समेत सत्तापक्षबाट गुनासो आएको छ।  स्मरणीय   संसदीय अभ्यासमा राष्ट्र प्रमुख (राष्ट्रपति–उपराष्ट्रपति) नभएको अवस्थामा सभामुखले राष्ट्र प्रमुख सरह अधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ । हिजोको बैठकमा सभामुखले धनराजलाई तत्कालै प्रतिनिधि सभा सदस्यबाट निलम्बनको प्रस्ताव पारित गरेर मार्सल लगाएर सदनबाट बाहिर निकाल्नु पर्ने समेत कानुनविद्हरूले माग गरेका छन्  ।  स्रोतका अनुसार आज संसद् सञ्चालनमा दलहरूबिच सहमति नभए बैठकको सुरुमा नै धनराजको निलम्बनको माग अगाडि राखिने छ। 

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम (३२) बमोजिम धनराजको सदस्य पद निलम्बन हुन्छ । सदनले बनाएको नियम उलङ्घन गर्दै सभामुख आसनको अवहेलना गर्ने, सभाको कार्यलाई जानाजान बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्नेलाई सभामुखले तत्काल निलम्बनको प्रस्ताव तुरुन्तै निर्माणार्थ पेस गरेर पारित गरेर सभाबाट मार्सल लगाएर बाहिर निकाल्न सक्छन् ।उनलाई सो कसुरमा निलम्बन गर्न सक्ने कानुनविद्हरूले बत्ताउँछन् । 

प्रतिपक्षी दलको त्यो तहको नेता सत्तापक्षको बेन्चमा आएर नाच्नु शोभनीय नभएको नेताहरु बत्ताउँछन्  । बेल घेराउ गर्नु परम्परा हो । तर प्रतिपक्ष सत्ता पक्षकोमा र सत्तापक्ष प्रतिपक्षको आसनमा गएर झाँक्री नाचे झैँ नाच्नु लोकतन्त्र र संसदीय मान्यताको हुर्मत लिनु भएको उनीहरूको टिप्पणी छ  । 

 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १२ : ३५ बजे