‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

संसद्‍मा आक्रामक धनराजको ‘रातो पासपोर्ट’ चर्चा

काठमाडौँ। एक वर्ष अघि कानुन मन्त्री बन्दा न्यायालयमाथि चरम हस्तक्षेप गरेका  काँग्रेस  सांसद धनराज गुरुङले बिहीबार संसद्मा देखाएको तमासा अस्वामिक थियो। कतिपयले गुरुङ ले देखाएको त्यो हर्कतलाई कानुन मन्त्री गुमाउँदाको पीडाको छटपटाहटका रूपमा विश्लेषण गरे। 

संसदमा बैठकमा अगाडि उभिइरहनु भएका  एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उनले  भौतिक आक्रमणको  गरेका थिए  । यस्तो आक्रमणको प्रयास  गर्ने काँग्रेसका  गुरुङ सांसद कि रातो पासपोर्ट व्यापारी? भनेर समेत सांसदहरूले टिप्पणी गरेको  सुनिन्थ्यो । उनको यो हर्कतलाई मण्डले चरित्र भन्दा फरक नपर्ने प्रत्यक्षदर्शीले बताए। नेपाली शब्दको कोष अनुसार कुनै गलत उद्धेष्यलेब बनेको दलमा सक्रिय भूमिका खेल्ने,व्यक्ति, मण्डलीको नेता, छुल्याहा, बदमास, उद्धता,  दलको उच्छृङ्खल कार्यकर्ता  हो। बिहीबार उनले  आफ्नो चरित्रलाई यो शब्दकोशमा दर्ज गरेका छन् । 

ओली माथि बिहीबारको संसद् बैठकमा गुरुङले पटक पटक भौतिक आक्रमणको प्रयास गरेको देखिन्छ।  ओली माथि गुरुङले यसरी आक्रमण प्रयास गर्दा एमाले र स्वयं काँग्रेसका सांसदले छेकेका थिए। 

गुरुङको यस्तो चर्तिकला देखेपछि धेरैले उनले विगतमा रातो पासपोर्ट बेचेको पुरानो घटना समेत सम्झना गरे। 

त्यो बेला उनी देशभरिबाट रातो पासपोर्ट बेच्ने २२ मध्ये एक पर्छन् । त्यसैले केही सांसदले बिहीबार उनको हर्कत हेरेपछि प्रश्न गरे – सांसद धनराज गुरुङ होइन, रातो पासपोर्ट व्यापारी संसद्मा उफ्रियो। 

नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति समेत रहेका गुरुङ अहिले काँग्रेसका उपसभापति  हुन् । काँग्रेसको उपसभापति  रहेका गुरुङले उरन्ठेउलो शैलीमा पूर्व प्रधानमन्त्री तथा मुलुकको सबैभन्दा लोकप्रिय पार्टीका अध्यक्षमाथि गरेको हर्कतले उनको असली हैसियत बजारमा छताछुल्ल भएको छ। 

त्यसो त  गुरुङले रातो पासपोर्टको दुरुपयोग गरेको विषयमा आफूले पक्राउ गरेर नै कारबाही गरेको भन्दै तत्कालीन काँग्रेस नेता गोविन्दराज जोशीले सार्वजनिक रूपमै बताउने गरेका छन् ।  अहिले पनि उनको यो भनाई  सामाजिक सञ्जालमा भेटिन्छन्।  । सोही कारण गुरुङले आफ्नो विरोध गरेको जोशीको दाबी छ।  

गृह मन्त्रालयका तत्कालीन विशेष सचिव श्रीकान्त रेग्मीको अध्यक्षतामा (प्रहरी अतिरिक्त महानिरीक्षक प्रदीप शमशेर राणा र अतिरिक्त प्रमुख अधिकृत देवीराम शर्मा सदस्य रहेको) तत्कालीन श्री ५ को सरकारद्वारा गठित ‘कूटनीतिक राहदानीको दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समिति’ले तयार पारेको प्रतिवेदनमा पनि धनराज गुरुङले रातो पासपोर्टको व्यापार गरेको उल्लेख गरिएको छ । गुरुङले आफ्नो राहदानी दुरुपयोग गरेको भन्दै काँग्रेसकै तत्कालीन सांसद रामचन्द्र अधिकारीले समेत उजुरी नै गरेका थिए   । उनले आफ्नो राहदानी गुरुङले दुरुपयोग गरेको बताएका थिए ।

त्यस बेलाको समितिले रातो पासपोर्टको दुरुपयोगमा संलग्न २२ जनाको नामै किटान गरेको थियो । जसमा अमिर गुरुङ (खोटाङ), गोपी गुरुङ (गोरखा), भरतराज शर्मा (दाङ), लक्ष्मण गुरुङ (महाराजगन्ज), केबी सुब्बा (दार्जिलिङ), दण्डपाणि सुवेदी (बानेश्वर), सावित्री सापकोटा (चाबहिल), गीता खड्का (धुम्बाराही), पुरुषोत्तम थापा (बालाजु), प्रेम लामा (महाराजगन्ज), घिचुक गुरुङ (नयाँ बजार), प्रकाश सुब्बा (खुमलटार), रमेश न्यौपाने (बुद्ध नगर), माधव राणा (क्यासिनो सोल्टी), माणिक लामा (काभ्रे), कमानसिंह लामा (पूर्व सांसद), मनकुमार लामा, छत्र घिसिङ, वाई.जी. चन्द, धनराज गुरुङ(स्याङ्जा), कमला गुरुङ र टीका शेरचन रहेको प्रतिवेदनमा उल्लेख छ । 

कूटनीतिक राहदानी प्रयोग गरी विदेश जाँदा विशेष सम्मान, सुविधा, मर्यादा एवं प्रतिष्ठा दिइने चलन अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार चलाइएकोले कूटनीतिक राहदानीको विशिष्ट महत्त्व रहिआएको छ । तर रातो पासपोर्टको बलमा मानव तस्करी हुँदै आएको छ। 

गुरुङले सोही सुविधाको दुरुपयोग गर्दै मानव तस्करी  गरेको तत्कालीन गृहमन्त्री तथा काँग्रेस नेता गोविन्द राज जोशीले बताउर्दै आएका छन् । सोही कारण आफू गृहमन्त्री रहेको बेला प्रहरीले  गुरुङलाई  गिरफ्तार गरेर   २२ दिन थुनेको दाबी गरेका छन् । जोशीले रातो पासपोर्ट बेच्ने काण्डको पर्दाफासपछि आफूमाथि गुरुङले बारम्बार आक्रमणको प्रयास गरेको भनाई सार्बजनिक गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ९ : ५९ बजे