‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रतिनिधि सभा बैठक बस्दै

​​​​​​​काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्दैछ । हिजो बिहीबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

बिहीबार बैठक प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न खोजेपछि सभाभित्र असहज स्थिति बनेको थियो ।

सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएको थियो तर, प्रतिपक्षीले लामिछानेलाई रोक्न खोजेपछि एमालेका सांसद प्रतिकारमा उत्रिदा दुई पक्षका सांसदबीच धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो । त्यसपछि कांग्रेसका सांसदहरुले नाराबाजी जारी राख्दा सभामुखले बैठक आज ११ बजे सम्मका लागि स्थगित गर्नुभयो ।

पछिल्लो समय रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको बचत अपचलनबारे संसदीय छानबिन गर्न कांग्रेसले समिति गठन गर्नुपर्ने माग गरेर सदन अवरोध गर्दै आएको छ ।

यस्तो छ आजको कार्यसूची:

 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ८ : ३३ बजे