काठमाडौं। सुनसरीमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ।
रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।
दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।
पक्राउ पर्नेको नाम खुलेको छैन । गोली प्रहारबाट उनी घाइते भएका छन् । उनको घुँडामुनि गोली लागेको छ ।
प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार ८ : २२ बजे
प्रतिक्रिया