साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी, प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौँ । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।

वैशाख ३० गते कतारबाट काठमाडौँ आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो । 

यस्तै जेठ २ गते धोबिचौरबाट पक्राउ परेकी  युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन् । उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : १४ बजे