गृहमन्त्रीलाई संसदमा बोल्न दिन काँग्रेस तयार, अवरोध नगर्ने

काठमाडौं । नेपाली कांग्रेस संसद अवरुद्ध खुलाउन तयार भएको छ। 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि काँग्रेस संसदको अवरोध हटाउन तयार भएको हो । काँग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन पनि तयार भएको हो ।

पहिला गृहमन्त्रीलाई बोल्न दिने त्यसपछि काँग्रेसका सांसदले बोल्ने तय भएको बताइएको छ ।

आजै दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध नगर्ने जनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १ : ५० बजे