साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कोदालो प्रहार गरी हत्या

सिरहा । अर्नमा गाउँपालिका वडा नं. २ का बुधराम महतोको हत्या भएको छ । 
अन्दाजी ५० वषीय महतो आज बिहानै खेतमा काम गर्न जाँदा उनकै सधियारले गर्धनमा कोदालो प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
मृतक बुधराम एकाबिहानै खनजोत गर्न खेतमा पुगेका थिए । एक्लो भएको मौका पारेर हत्याराले उनीमाथि कोदालो प्रहार गरेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए । 

प्रत्यदर्शीका अनुसार  सामान्य वादविवाद भएको थियो एक्कासी कोदालो गर्धनमाथि प्रहार भएपछि बुधराम महतो ठहरै ढलेका थिए । सिधयारसँग जग्गाको सन्धिसर्पनमा पुरानै  विवाद भएको स्थानीयहरुले जानकारी दिएका छन् । महतो विष्णुपुर बजारमा किटनाशक तथा एलपी ग्यासको पसल गर्ने व्यापारी पनि हुन् । 
 
जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए अनुसार अहिले घटनास्थल प्रकृति मुचुल्का लगायत शुक्ष्म अनुसन्धानको  कार्य भइरहेको छ । स्थानीय साक्षीहरुको भनाइको आधारमा हत्यारा पहिचान भएको र उनको खोजी भइरहेको पनि उनले बताए । 
 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १२ : ५४ बजे