साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएकाे  छ ।

बिहीबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता र अध्यागमनलाई थप प्रविधिमैत्री बनाउने विषयमा जानकारी लिनुभएकाे  छ ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँच पास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गर्नुभएकाे छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १२ : ४१ बजे