जननेता मदन भण्डारी र आधुनिक नेपाल

नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा जननेता मदन भण्डारीको स्थान विशिष्ट रहेको छ । भण्डारीको उदय अघि विश्वभरिका कम्युनिष्ट पार्टीहरु एकप्रकारले तानाशाह उत्पादन गर्ने कारखाना थिए । माक्र्स, मन्टेस्क्यु, माओ र महात्मा गान्धीका विचारहरुलाई न्याय गर्दैै जनताको बहुदलीय जनवाद प्रतिपादन भएपछि लोकतन्त्र र लोकतान्त्रिक आन्दोलन पूँजीवादी लोकतन्त्रवादीहरुको मात्र एक्लौटी बपौती रहेन । माक्र्सको वर्ग संघर्ष र द्वन्द्वात्मक भौतिकवाद, मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्त, माओको नौलो जनवादी प्रयोग र महात्मा गान्धीको निशस्त्र जनताको शान्तिपूर्ण आन्दोलनको प्रयोगलाई कतै एकैसाथ न्याय र स्थान कतै मिलेको छ भने त्यो जनताको बहुदलीय जनवादमा नै हो । जनताको बहुदलीय जनवादी प्रतापसूर्यका कारण आज नेकपा(एमाले) जनसमुदाय र विश्वसमुदाय दुबैले स्विकार गरेको विश्वको एक मात्र त्यस्तो राजनीति दल हो, जसलाई वामपन्थी पार्टी र लोकतन्त्रवादी पार्टीबाट भाइचारा पार्टीको सम्मान र मान्यता मिलेको छ । जसरी पानी भन्दा अक्सिजन र हाइड्रोजन दुबै तत्व समेटिने गर्दछ, त्यसरी नै एमाले भन्दा लोकतान्त्रिक आन्दोलन र साम्यवादी आन्दोलन दुबैलाई न्याय हुन्छ । आधुनिक नेपालका चुनौती चिर्दै संभावनाहरुलाई वास्तविकतामा बदल्नका लागि कस्तो खालको नेतृत्वदायी राजनीतिक दलको दरकार छ भन्ने सुझबुझको आपुर्ति मदन भण्डारीले गरेकाले आजको एमाले सरदर पार्टीहरुको भिडबाट पृथक छ र विशिष्ठ स्थिति र स्थानमा छ । एमालेको यो सफलता र विशिष्ठताको बलियो जगमाथि मदन भण्डारीले यसरी प्रकाश पार्नु भएको थियो– “हाम्रो पार्टी रुढीवादलाई काँध हाल्ने पार्टी होइन र विज्ञानका बारेमा पनि अन्धविश्वास राखेर चल्ने पार्टी होइन । शास्त्र र सूत्रहरुको निम्ति जीवनको वलिदान दिने होइन जीवनको निम्ति सूत्र र शास्त्रहरुको रचना गर्ने पार्टी हो । गल्ती हुन्छ कि भनेर कामै नथाल्ने वा गल्ती नहोस् भनेर शास्त्रमा भने जस्तो मात्र गर्ने र गल्ती भएपछि त्यसैको जिम्मा लगाएर आफु पन्छिने पार्टी होइन । काम गर्ने आँट गर्नु पर्छ, रचनात्मक ढंगले काम गर्ने शैली अपनाउनु पर्छ र गल्ती भए सच्याउने तत्परता र साहस देखाउनु पर्छ । हाम्रो पार्टी त्यस्तो पार्टी हो ।” 

दुई कम्युनिष्ट तीन चिराको हालतमा छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलन झापा सशस्त्र विद्रोहबाट एकीकरणको दिशातर्फ अग्रसर भयो । कोअर्डिनेसन केन्द्र हुँदै नेकपा(माले)को स्थापना पछि जनवर्गीय संगठनको निर्माण र परिचालनमा सफलता हासिल हुदै गयो । नेतृत्वको अहंकार, महत्वाकांक्षा र व्यक्तित्वको टकरावले वामपन्थी आन्दोलनको पक्षघातको रुपमा रहेको गुटफुट र विभाजनलाई वल प्रदान गरेको अवस्थामा मदन भण्डारीको माले–माक्र्सवादी एकीकरण गरेर एमाले गठन गर्ने सही निर्णय लिनु भयो । राजनीतिमा सही निर्णयले देखाउने भनेकै जादु हो । तत्कालीन मालेको प्रखर, वैचारिक र सर्वाधिक लोकप्रिय र प्रभावशाली नेता मदन भण्डारीले तत्कालिन नेकपा(माले)को एक नम्बर वरियताको नेताबाट दोश्रो नम्बरको वरियताको नेता हुन गरेको त्याग, तत्परता र अग्रसरता नेपालको इतिहासमा अभूतपूर्व र विरलाकोटीको घटना थियो । मदनको महत्ता कम्युनिष्ट आन्दोलन एकीकरणमा मात्र सीमित छैन । सन् १९९० को दशकमा सोभियत संघको विघठन र पूर्वी युरोपमा समाजवादी आन्दोलन खाएको धक्कासँगै माक्र्सवादको पुनव्र्याख्या, संभावित व्यापक रक्तपातको संघार र सिक्किमीकरणको खतराबाट मातृभूमिलाई जोगाउन चाहिएको शास्त्र वल र शस्त्र वलको जीर्णोद्धार गर्नमा छ ।  

राज्यसत्ताको सारतत्व वर्गीय चरित्रसँग समन्धित छ र शासनतन्त्र स्वरुपसँग समन्धित छ भन्ने तर्क पेस गर्दै संसद र शक्ति पृथकीकरणले कम्युनिष्ट व्रmान्तिकारितामा खिया लाग्छ भनेर नाक खुम्च्याइरहेका वामपन्थीहरुको भ्रमलाई हटाउनुको श्रेय मदन भण्डारीलाई जान्छ । बुर्जवा संसदको सारतत्वको विरोध र स्वरुप पक्षको उपयोगले जनताको बहुदलीय जनवाद नै जडसूत्रवाद र विसर्जनवादको विरोधी र माक्र्सवादको सृजनात्मक प्रयोग र विकासको सही लिक र सन्तुलनमा रहेको विचार दर्शन हो भन्ने पुष्टि गर्दछ ।
नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा जननेता मदन भण्डारी नै त्यस्तो पहिलो नेता हुनुहुन्थ्यो, जसले भाषणको बेला जनतासँग प्रत्येक्ष संवाद गर्ने सामथ्र्य राख्नुका साथै विपक्षमाथि कटाक्ष गर्नमा कीर्तिमान कायम गरेको स्थिति थियो । मदन भण्डारीको उदय हुनु भन्दा अघि देशमा आयोजना हुने ठूल्ठूला आम सभाहरु कि त दर्शक दिर्घाको राजाप्रतिको एकहोरो भक्तिभाव झल्किएका हुन्थे भने कि त कांग्रेसको महत्ता र एकाधिकार झल्किने खालका हुन्थे । मदन भण्डारी नै त्यस्तो जननेता हुनुहुन्थ्यो, जसले जनसभाहरुलाई जनताको पक्षका अभेद्य किल्ला बनाउनु भयो । भाषण मार्फत् मदनले केही यस्ता तर्क, तथ्य, विचार, सवालहरुका तोप पट्काउनु भयो, जसले गर्दा दरबार, दिल्ली र कांग्रेस त्रिकोणको लुटको स्वर्गमा पूरताल नै गर्न नसकिने गहिरा खाल्डाहरु परे । मदनको प्रखरताको आलोकमा नेपालमा आम सभाको माध्यमबाट जनतालाई यो वा त्यो प्रकारले अर्ति दिन रुचाउने परम्परागत त्रिकोणको युग सकियो र जनताले आपसमा सम्वाद गर्ने लोकतान्त्रिक युगको श्रीगणेश भयो । दरवार, दिल्ली र कांग्रेस त्रिकोणको शेखी चूर्ण पार्ने र जनमानसमा रहेको यस त्रिकोणका प्रतिको भ्रमको बाक्लो कुहिरो हटाउने मदन भण्डारीका भाषणहरु आजको नेपालका आधारशिला हुन् ।

२०४८ सालमा  बैशाख २९ गते सम्पन्न भएको आम निर्वाचनमा एमाले संसदको तल्लो सदन प्रतिनिधि सभामा २०५ सिट मध्ये ६९ सिट विजय हासिल ग¥यो । उक्त चुनावको म्यान अफ इलेक्सन जननेता मदन भण्डारी हुनु भयो । साइकल चढेर एक नेताले हेलिकप्टरमा सवार हुने प्रधानमन्त्रीलाई चुनावमा हराउन सक्छ । जननेता मदन भण्डारीको उक्त चुनावी जीत र सन्त नेता कृष्णप्रसाद भट्टराईको त्यो हार नेपालमा दरवार, दिल्ली र कांग्रेस दुई दिनका पाउना हुन् भन्ने सत्यको पूर्व संकेत थियो । बहालवाला प्रधानमन्त्रीलाई चुनावमा पराजीत गरेको कीर्तिमान एमालेको नाममा दर्ज हुनु निष्ठाको राजनीतिको युगको शुभारम्भ थियो । विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको बेला एमाले प्रमुख प्रतिपक्षको हैसियतमा पुग्नु असल सुरुवात थियो ।  

२०५१ साल कार्तिक २७ गते सम्पन्न भएको मध्यावधि निर्वाचनमा प्रतिनिधि सभामा ८८ स्थानमा विजयी भयो र संसदमा सबै भन्दा ठूलो दल बन्यो । मनमोहन अधिकारीको नेतृत्वमा एमाले अल्मतको सरकार बनायो । संसारमा निर्वाचनको माध्यमबाट पहिलो कम्युनिष्ट सरकार बनाएको कीर्तिमान एमालेको नाममा आयो । ठूला बडाहरु शान सौकत प्रदर्शनको थलो कहलिएको राज्य, राजनीति र राजश्वलाई जनताका चिसो चुलोसँग जोडेर नेकपा(एमाले)को नौ महिने सरकारले नयाँ युग ल्यायो । आज मनमोहन अधिकारीलाई प्रधानमन्त्रीहरुको भीडमा जनताले जति श्रद्धा गर्छन्, सामाजिक न्याय र सामाजिक सुरक्षाको महानायकका रुपमा २०५१ सालमा बनेको एमालेको नौ महिने शासन काललाई जसरी जनता सम्झने गर्छन् त्यो सबैको जरा जननेता मदन भण्डारीको दिल र दृष्टिकोण थियो । 
समकालिन अन्य बाइसे चौबीसे राज्यको तुलनामा आन्तरिक एकताको ऊर्जा दिएर राम शाहले गोर्खालाई बलियो जग प्रदान गरेकाले उत्तराधिकारी पृथ्वी नारायण शाहलाई नेपालको भौगोलिक एकीकरणको महानायक हुन सजिलो परेको थियो भने जननेता मदन भण्डारीले थमाएको चिन्तन, संगठन र जनसमर्थन अमोघ अस्त्रको वलमा नेकपा(एमाले)लाई आधुनिक नेपालको भावनात्मक एकताको महानायक शक्तिका रुपमा अटल रहनुमा सजिलो परेको छ । वामपन्थी र लोकतन्त्रवादी शक्तिमा मेल, वामपन्थी शक्तिको मेल, पार्टी भित्र मेल, साथीहरुमा मेल गराएर मातृभूमिको जीर्णोद्धार गर्दै समृद्धिको लय प्रदान गर्ने व्रmममा मदनले सबैलाई न्याय गर्दै उनीहरुलाई कुण्ठित नहुने वातावरण बनाउनु भयो । मदनले आफ्नो चार वर्षको छोटो तर गौरवशाली महासचिवीय कार्यकालमा माले, माक्र्सवादी र एमालेका गौरवशाली विरासतलाई यथोचित न्याय गर्नु भयो । झापा विद्रोहको जुझारु र बलिदानी विरासत, पुष्पलालको लोतान्त्रिकरणको विरासत र मनमोहन अधिकारीको दीघ राजनीतिक साधनाको विरासत तिनै संवेदनाको मर्ममा दख्खल नपुगाएकाले वामदेव र सीपी संस्करण तथा माधव र झलनाथ संस्करणका कुण्ठाका पोकापन्तुराका बाबजुद अविभाजित रहेको थियो । 

निष्ठा नबुझ्ने, उधारो नरुचाउने, त्याग कुन चरीको नाम हो थाह नपाउने अराजक जमातलाई अपच भए पनि आजको नेपालको सर्वश्रेष्ठ निर्माताको नाम जननेता मदन भण्डारी हो र मदनशिष्यहरु नै आधुनिक नेपालका सच्चा सारथी हुन् । एकै दिनमा जन्मिएको भए पनि घोडाको बच्चाले कयौं कोसको यात्रा गरिसक्दा पनि बिरालाको बच्चाको आँखा उघ्रेका हुँदैन र डेग चलेको हुँदैन । प्रतिभा र परिपक्वताको गति र अदूरदर्शी एबं चरम महत्वाकांक्षीको गतिहीनताको हकमा पनि यस्तै हुन्छ । २०४९ सालतिर जननेता मदन भण्डारीले यो मुलुकको व्यापक बर्बादी र संभावित रक्तपातलाई रोक्न लोकतन्त्रवादीहरुको सहकार्य र सहअस्तित्वको फहराएको झण्डाको रुपमा जनताको बहुदलीय जनवाद प्रतिवादन गर्दे गर्दा एक दुर्भाग्यपूर्ण द्वन्द्वको वातावरण तयार पारिदै थियो । साँचो डग्दैन, झुटो टिक्तैन । अन्य शक्ति केन्द्रले दिएका हैरानीसँग जुध्दै जननेता मदन भण्डारीले दिएका देनहरु नै आजको नेपालका जीवनदायी अवयवहरु हुन् । मदनको देन नै आधुनिक नेपाललागि हेर्नलाई आँखा हो, फेर्नलाई सास हो र उभिनलाई चाहिने जमिन हो । मदनले दिएका देन, बसालेको विचार राजनीतिको बलियो जग, स्थापित गरेका आदर्श, निष्ठा, र त्यागको राजनीति, वर्गबैरी, दलाल, देशघाती र हस्तक्षेपविरुद्धको संझौताहीन संघर्षमा आजको नेपालको प्राण पखेरु हुन् । निम्नलिखित आँखीझ्यालहरुबाट एक श्वेत आत्मा जननेता भण्डारीको व्यक्तित्व र कृतित्वलाई हेर्न सकिन्छ ।  

अग्रजको कदर
२००९ साल असार १४ गते जन्मिनु भएका भण्डारी २०५० साल जेठ ३ गतेसम्म ४१ वर्ष मात्र बाँच्नु भयो । हो, वहाँले आफ्ना पिता पुस्ताका मनमोहन अधिकारीसँग सहकार्यको राजनीति गर्नु भयो र २०४८ सालको आम चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराउनु भयो । तर उहाँ अग्रजहरुको सम्मान गर्नु पर्ने संस्कारको दरो पक्षपाती हुनुहुन्थ्यो । २०४८ सालको चुनावमा उहाँ कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी लगायतका वयोवृध नेताहरुलाई सदनमा सहज उपस्थितिका लागि एमाले र कांग्रेसले १०।१० वटा सिटमा तालमेलको प्रस्ताव गर्नु भएको थियो । कांग्रेसले उक्त प्रस्ताव लत्यायो । उसले एमालेले जित्ने ३०।३५ सिटमा १० सिट थप्ने भण्डारीको चलाकी भन्यो । युवा उमेरका मदनको उमेरलाई लिएर कांग्रेसले एमालेलाई केटाकेटीहरुको पार्टी भनेर उडायो । तर मदन राजनीतिक नेतृत्वको मापदण्ड उमेर होइन परिपक्वता र पहलकदमीलाई मान्नुहुन्थ्यो । निरन्तर राजनीतिक पहल गर्नु र पार्टी र साथीको निरन्तर टहल गर्नु मदन भण्डारीको राजनीतिक श्रेष्ठताको आधार थियो ।   

२०४८ साल मंसिर २२ गते मदन भण्डारी नेतृत्वको नेकपा(माले) र मनमोहन अधिकारी नेतृत्वको नेकपा(माक्र्सवादी)को एकीकरण भई नेकपा(एमाले) गठन हुँदा पोलिटब्युरो र केन्द्रीय कमिटीमा दुबै खेमाबाट बराबरी समाबेस गरिएको थियो । जबकि २०५४ सालमा वामदेव–सीपीको लहैलहै र २०७८ सालमा माधव–झलनाथको गद्दारीका पछिलाग्दा तत्कालीन माक्र्सवादी हस्तीहरुको व्यापक पलायन भैसकेको छ । आजको एमालेको झण्डै चार दर्जनको स्थायी कमिटीमा एक जना पनि माक्र्सवादी वा मनमोहन खेमाको नेता विद्यमान नरहेको सच्चाइँ हाम्रासामु छ । 

यसबाट हामी अनुमान लगाउन सक्छौ कि जननेता मदनमा अरुको मान, सम्मान र इज्जत राख्ने जब्बर संस्कार थियो । वलियो खेमा नेकपा(माले)को शक्तिशाली महासचिव भए पनि मदन भण्डारीले मनमोहन अधिकारीलाई एक नम्बर वरियताको पार्टी अध्यक्ष, संसदीय दलको नेता र पार्टीभित्रका लगभग प्रतिपक्ष भूमिकामा रहेका सीपी मैनालीलाई संसदीय दलको उपनेता बनाउनु भयो । अग्रज र सहकर्मीको टहल गर्ने मदनको त्याग र सुझबुझ दलीय जीवन र दलीय व्यवस्थाको इतिहासमा एक आदर्शमय र अनुशरण योग्य कोसेढुंगाको रुपमा रहेको छ । आधुनिक नेपाल मदन भण्डारीले बसालेको त्याग, धैर्य, सत्य र निष्ठाको राजनीतिको लिकबाट केही उछिट्टिएको अवश्य छ तर निष्ठा कहिलै असान्दभिक हुँदैन र सत्य हराएर जादैन । 
मदनको विचार, सुझबुझ र आदर्शलाई असान्दर्भिक र बासी करार गर्दै अचेल आत्मकेन्द्रीत आवारा र अवसरवादीहरुको जमात भदौको भांङ र धतुरोझै हर्लक्कै बढेर सलबलाइरहेको छ । जतिसुकै सलबलाए पनि देश र जनताको निम्ति गच्छेअनुसारको देन दिएका अग्रजहरुको कदर गर्ने गुणग्राही संस्कारको अखण्डज्योति निभ्ने छैन । अवसर र आस्थाको जितहारको चव्रm रोकिने छैन । 

जनतालाई भगवानको स्थान
जनतालाई भगवान करार गर्ने संसारको पहिलो दार्शनिक पनि जननेता मदन भण्डारी हुनुन्थ्यो । ‘हाम्रा भगवान भनेका नबोल्ने ढुंगाका देउताहरु होइनन्, जीवित जनता हुन् ।’ जननेता भण्डारीको यो वाणी नेपालमा नेपाली जनताको सर्वाेच्चता स्थापित गर्ने लोकतान्त्रिक आन्दोलनको अमोघ अस्त्र सावित भएको छ । जनताको सर्वाेच्चताको पक्षका जति पनि अभिव्यक्ति र आवाजहरु छन्, जननेताको यो युगवाणी सबैभन्दा शक्तिशाली अभिव्यक्ति र आवाज हो । जनतालाई मुखले भगवान भनेर मात्र पुग्दैन, लोकतन्त्र जनताको चुलोसम्म पुग्नुपर्छ । लोकतन्त्रले जनताको आश र सास जगाउन सक्नुपर्छ । लोकतान्त्रिक शक्तिहरु नमिल्नु र झगडामा फस्नु भनेको पहलमानहरुको कमजोर र जीर्ण घरभित्रको भिडन्त जस्तो हो भन्ने मदनको बुझाई थियो ।

सहकार्य र टक्कर
मदन भण्डारीको आगमनपूर्व कम्युनिष्ट हुनु भनेको द्वन्द्ववादीको नाममा सबैसँग झगडा गर्नु हो भन्ने बाक्लै भ्रम थियो । भण्डारीकालीन एमालेले नै २०४६ को जनआन्दोलन र २०४७ सालको संविधान, २०४८ सालको आम निर्वाचन र २०४९ सालको स्थानीय निर्वाचन जस्ता लोकतन्त्रका बलिया आधारशिला खडा ग¥यो । अर्काेतर्फ हद नाँघेर, स्वाभिमान र शालीनताको घाँटी रेटेर जोरिपारीको ढोका चहार्ने गल्ती गर्नेको अहिलेको भिडबाट मदन भिन्न रहेकाले नै कृष्णप्रसाद भट्टराईसँग टक्कर लिन सक्नु भएको थियो । मनमोहनलाई शिरमा राख्नु र कृष्णप्रसादलाई चुनावमा पराजित गर्नु मदनमा सहकार्यको राजनीति र टक्करको राजनीति दुबै कलामा पारंगत रहेको प्रमाण थिए ।  

शास्त्रको जीर्णाेद्धार
आचार्य चाणक्यको भनाईमा, देशलाई बाँच्नलाई वा बचाउनलाई चाहिने पहिलो शर्त हो– त्यस समाजको शास्त्र बल र शास्त्र बललाई पुनर्ताजकी गर्ने कला । शस्त्र बल र शास्त्र बलको जीर्णोद्धार गर्न नसक्ने देशले अस्तित्वबाट हात धुनु पर्छ । जननेता मदन भण्डारीले मातृभूमि नेपाललाई जीवन बुटीको रुपमा शस्त्र वल र शास्त्र वल दिनु भएको छ । जनता, जनताको जागरण, जनताको एकता मदनले किटान गरेको मातृभूमि रक्षक शस्त्र बल हो । जनताको बहुदलीय जनवाद नेपाली जनताको हातमा रहेको शास्त्र वल हो ।
पुष्पलालबाट थालिएको वामपन्थी विचार र विश्वेश्वरप्रसाद कोइरालाबाट थालिएको लोकतान्त्रिक विचारको दही मथनी भएकाले जननेता मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवाद जति प्रगतिशील, लोकतान्त्रिक र मौलिक सिद्धान्त समकालिन विश्वमा अर्काे छैन ।  

जबजको लिक र युवापुस्ता
भ्रष्ट र भगौडाबाट सृजित संकटका कारण यतिबेला युवा पुस्ता जबजको लिकबाट उछिट्टिएर अवसरकापछि कुध्ने, निरास हतास हुने खतरा बढेको छ । गोली मिसनमा लागेर उहिले एक पुस्ता बर्बाद भयो । आज तर्कहीन गाली उद्योगमा लागेर अहिले अर्काे पुस्ता बर्बदीको ढोकानेर पुगिसकेको छ । युवाहरुलाई उद्यमशील र अध्ययनशील नबनाई जुवा, तास, जाँड, रक्सी र मतलवी बनाएर योजना शुन्य र सपना शुन्य बनाउने होड छ । यो सब मदनको चिन्तन, संगठन र जनसमर्थनको राजनीतिलाई बिथोल्न गरिएको साजिस हो । एमालेको देशभक्ति र गृहनिर्माणको यज्ञ विध्वंश गर्न युवालाई सचेत, संगठित र आन्दोलित हुनबाट विषयान्तर गरिदैछ । युवाहरुलाई उद्यमशील हुन निरुत्साहित पारिदैछ । वैदेशिक रोजगारमा रहेका युवाहरुलाई लोकतन्त्रविरुद्ध उतारिदै छ । मदन भण्डारीको तप युवाहरुलाई जहाँ भए पनि हस्तक्षेपका विरुद्ध उतार्नु थियो । एकातिर मातृभूमिको सेवा अर्काेतिर मोदीजीको ताबेदारी, एकातिर लोकतन्त्र अर्काेतिर लैनचौरतन्त्र, एकातिर लिम्पियाधुरा अर्काेतिर विस्तारवादी छुरा, एकातिर जनताका छोरा अर्काेतिर विस्तारवादी घोडा आम्नेसाम्ने भएको बेला मदन भण्डारीको विचार र युवा पुस्ताको विवेक एकाकार हुनु मातृभूमिको भाग्य र भविष्यसँग जोडिएको अहं महत्वको विषय हो । 

देशभक्ति
जननेता मदन भण्डारी नेकपा(एमाले)लाई खरो भूमिकामा उतार्नु अघि नेपालको राजनीति जनतामा समर्पित थिएन । राज्यसत्ता दरवार, दिल्ली र कांग्रेस त्रिकोण बीचको फुटवल थियो । जनताको कमजोर एकता र कमजोर चेतनाबाट अनुचित लाभ उठाउदै तीँ शक्ति केन्द्रहरुले देशलाई आफ्नो मुट्ठीमा लिएका थिए । लोकतन्त्रलाई जनताको जीविकासँग जोडिनु हुन्न र जनताको चिसो चुलोसम्म पुग्नु हुन्न भन्नेमा उनीहरुबीच अघोषित एकता र सहमती थियो । राजनीति उनीहरुको आपसी द्वन्द्व, मेलमिलाप, शान र अभिमान प्रदर्शन गर्ने मञ्च मात्र थियो । जनताको दलन र देशको दोहन उनीहरुको मक्सत थियो । सक्नेले जे पनि गर्नु पर्छ । जनताको अदालत केही पनि होइन । दरबार, दिल्ली र कांग्रेस त्रिकोणको मक्सत यही थियो । यही अभीष्टलाई उनीहरु कहिलै भद्दाढंगले त कहिलै कलापूर्णढंगले पूरा गर्थे । एमालेले यसमा पूर्णविराम लगायो र जनसर्वोच्चताको नौलो युग ल्यायो । सत्पात्रलाई थाम्न सक्ने र खलपात्रलाई डाम्न सक्ने महानायक शक्तिलाई चौडा छात्ती र निर्मम दण्डनीति दुबै कलामा निपूर्ण भएर उभिनलाई आवश्यक बलियो जमिन चाहिन्छ । एमालेलाई आवश्यक बलियो जग र जमिन खडा गरिदिनु जननेता मदन भण्डारीले आधुनिक नेपाललाई लगाएको बिर्सिन नहुने र बिर्सी नसकिने गुन हो । 

राजनीतिमा चुनौती पाउनु सौभाग्य हो भने त्यसको सामना गर्न नसक्नु पतनशीलता हो । महावली एमालेले पनि एकपछि अनेक चुनौतीको सामना गर्दै आयो । उत्कर्षकालको पञ्चायतको ओठतालु सुक्ने गरी जनताको शक्तिको पहिलो बिगुल फुक्ने शक्ति महावली एमाले नै थियो । उत्कर्षकालको राजतन्त्रको निदहरामको विषय महावली एमाले नै बन्यो । २०४८ सालतिर विजय उन्मादले मात्तिएको कांग्रेस र २०६४ सालतिर विजय उन्मादले भुइँ टेक्न छोडेको माओवादीलाई चेत खुलाउने गरी कुस्ती खेल्ने महावली एमाले नै थियो । महावली एमालेले नै जननेता मदन भण्डारी र मनमोहन अधिकारको अवशानले गर्दा केही समय नेतृत्व अभावको महासंकट भएर गुज्रनु प¥यो । दुई दुई पटक पार्टीको विभाजन र लगत्तै भएका चुनावको सामना गरी पुनर्जीवन प्राप्तीको महायुद्ध पनि महावली एमालेले नै जित्न सक्यो । पार्टीका महासचिव, अध्यक्ष भैसकेका, पार्टीको तर्फबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीको सम्मानित ओहोदामा पुगेका हस्तीहरु बाटको लगातार दशकौं लामो शक्ति ऐठन र गद्दारीको दोहोरा मर्म र दर्दहरु झेल्नु पनि महावली एमालेले मात्र प¥यो ।
यो सब एमालेको भाग्य कमजोर वा खराब भएकाले भएको थिइन । नेपाल राष्ट्र बलियो बनाउन र नेपाली जनतालाई सर्वाेच्च र सार्वभौम बनाउन एक नेतृत्वदायी शक्तिले यत्तिको कष्ट उठाउनु इतिहासको माग थियो । नेपाली जनताको तेजस्वी शस्त्र वल र ओजस्वी शास्त्र वल आजको विश्वलाई चिनाउनु थियो । जनताका जोरिपारीहरु निश्चिय पनि कमजोर थिएनन् । जननेता मदन भण्डारी, जनप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी र राजनेता केपी शर्मा ओलीप्रेरित एमालेले युगदेखि युगसम्म निरन्तर कष्टहरु उठाएर त्यो युगीन दायित्व पूरा ग¥यो, जनताको काखमा रहेर, जनताको साथ लिएर । 

जननेता मदन भण्डारीद्वारा जीर्णोद्धार गरिएको शस्त्र बल र शास्त्र बलको प्रतापसूर्य मौजुद रहेकाले चुनौतीको चाङमा रहे पनि मातृभूमि नेपाल विश्व समुदायमाझ गौरवपूर्ण इतिहासको भएको मुहान देखिको मजबुत देशको रुपमा रहेको छ । नेपाल त्यस्तो देश हो, जसले बि.सं. १८२४ मा आजका बेलायत, अमेरिका र भारत एउटै देश छँदा कप्तान किनलकको नेतृत्वमा आएको उनीहरुको एकीकृत वललाई धोबी चुटाईका साथ चुटेर सिन्धुली गढी युद्ध जितेको थियो । यस हिसाबले महाशक्ति अमेरिका, वेलायत र भारतलाई प्रकारान्तरले हराएको कीर्तिमान नेपालको नाम छ । 

संविधान घोषणा र नाकाबन्दी यताका घटनाव्रmमहरु नेपाल र भारत बीचको छद्म डोबहरु हुन् । नेपाली जनताको स्वाभिमानको मेरुदण्ड भाँच्नु यस छद्म युद्धमा भारतीय रुचि थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पालित, पोषित, प्रेरित र परिचालित तत्वको अर्जुनदृष्टि नेपालको भूमिबाट एमालेलाई उखेल्नु थियो । लिम्पियाधुराको ह्रस्व ‘लि’ र ओलीको दीर्घ ‘ली’ उच्चारण गर्नेको हालत एमालेको जस्तो हुन्छ भन्ने देखाएर भारत युगयुगसम्म नेपाली जनतालाई तर्साउन हात धोएर लागेको थियो । किनकि लोकतन्त्रको आवरणमा लैनचौरतन्त्र सुदृढ पार्ने भूराजनीतिक दाउपेचको इरादा थियो । 

जनताको धाप, छाप, विश्वास र आशिर्वादले एमाले जोगियो । जनताको अनुकम्पाले गर्दा गद्दारहरुको गद्दारी र गठबन्धनको चव्रmब्यूह भेदन गर्न एमाले सफल भयो । बरु कृष्ण र अर्जुनले चव्रmब्यूहमा परेको अभिमन्युको रक्षा गर्न असफल रहे तर नेपालमा जागेका जनताले विश्व ओइरिदा पनि एमालेलाई बचाएरै छाडे । एमाले हार्दा अन्य दल वा गठबन्धनका पनि सुख र खुशीहरु खोसिदा रहेछन् भन्ने नजीर स्थापित भयो । जनतालाई नै सबथोक ठान्ने र शस्त्र वल मान्ने जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र आदर्श अनुशरण गरिरहेसम्म एमाले चुनौतीको घानमा पर्न सक्छ तर पराजित कहिलै हुने छैन । 

दण्डनीति
महावली एमाले २०४६ साल यताको नेपालको मुल चिनारी बनेको छ । एमाले छ, त्यसैले त कांग्रेसको बेचैन बढेको छ । एमाले छ, त्यसैले त नेपालसँग स्वाभिमानको मेरुदण्ड छ । एमाले छ, त्यसैले त मातृभूमि नेपाल सुरक्षित छ । एमाले छ, त्यसैले त जनतामा आशा र उत्साह छ । एमालेलाई घेराबन्दी पार्नु नेपाललाई घेराबन्दीमा पार्नु हो । एमालेको गति रोक्नु देशको गति रोक्नु हो । एमालेसँग अकारण दूरि बढाउनु गृहनिर्माणबाट भाग्नु हो । मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुने एमालेको निष्ठा र तपोवलको प्रतापले ऊसँग सहकार्य गर्न पाउँदा अन्य राजनीतिक शक्तिहरु हाँन्ने राँगा जस्ता हुन्छन् भने टाढिने बित्तिकै हरुवा गोरु जस्ता बिजोगका प्रतिमूर्ति बन्ने गर्दछन् । एमालेको साथ लाग्ने र काँध चढ्ने राष्ट्रिय हिरो हुन्छ । एमालेसँग निहुँ खोज्ने भासिदै जान्छ र जिरो हुन्छ । 
एमालेको उदय नभएकाले नै विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको संघर्षमय जीवन निरंकूशतासामु रक्षात्मक र पराजित अवस्थामै बित्यो । जब एमालेको शक्ति बढ्यो २०४६ सालमा पञ्चायती तख्ता पल्टियो । एमालेको काँध चढ्न पाएपछि कांग्रेसका त्रयनेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको छविले राजा वीरेन्द्रलाई छायाँमा पारेको थियो । मनमोहन अधिकारीलाई कांग्रेसका नेतात्रय सिंह, भट्टराई र कोइरालाले समेत ईश्या गर्ने गरी देशको लोकप्रिय प्रधानमन्त्री बन्ने अवसर सृजना गर्ने एमाले शक्ति थियो । २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने कांग्रेसी प्रपञ्चलाई विफल तुल्याइदिने एमाले नै थियो । २०६५ सालमा पछारिएको कांग्रेसभित्रको कोइराला खेमाको खुशियाली २०७० सालमा फर्काउने गरी सुशील कोइरालालाई २२ महिना प्रधानमन्त्री बनाउने एमाले नै थियो । एमालेमाथि कृतघ्न हुनेको हरिबिजोग हुने गरेको छ । कृष्णप्रसाद भट्टराईले २०४८ सालको चुनावमा बेहोरेको चुनावी हार, २०५१ सालमा गिरिजाप्रसाद कोइराला सरकारको पतन, सेनापतिकाण्डमा गएर प्रचण्ड सरकारले पाएको मारमुग्री र २०७२ साल यता कोइराला खेमाले गुमाएको पार्टीसत्ता र राज्यसत्ताबाटको पकड एमालेलाई प्रत्येक्ष वा परोक्षरुपमा गरेका अटेरी र अपमानका परिणति थिए । एमालेबाट पलायन भएका र गद्दारी गरेकाले पनि बाटो पाएका छैनन् । सीपी र वामदेवपछि हस्तिनापुरीको राज जस्तो विगतदेखि र चपरीमुनिको बास जस्तो वर्तमान्सम्म माधव र झलनाथको हान्ने राँगाको जस्तो विगतदेखि हरुवा गोरुको जस्तो वर्तमानसम्म एमालेको चौडा छात्ती र निर्मम दण्डनीतिका परिणाम हुन् । 

कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण 

सोभियत संघको विघठन पछि समाजवादी व्रmान्तिको ढोका बन्द छ । सबै महादेशका कम्युनिष्टहरुको लय प्रतिष्पर्धाको राजनीतिमा पनि सन्तोषजनक छैन । जनताको साथ लिएर, जनताको काखमा रहेर जनताको बलमा नेपालमा बहुदलीय जनवादी व्रmान्ति अर्थात् जनादेश व्रmान्ति भने निरन्तर उकालोमा छ । अनेकौं फरिप, तिगडम, प्रताडना, आस, त्रास, भ्रम, जाल, निन्दा, प्रशंसा, दण्ड र फण्डका तगाराहरुलाई पन्छाउँदै बहुदलीय जनवादीहरुले लोकतन्त्र, देशभक्ति, सामाजिक न्याय, शान्ति, विकास र समृद्धिको झण्डा शानका साथ फहराइरहेका छन् । एमालेलाई भीरको डिलमा पुगाउने षडयन्त्र गर्ने जति उल्टै हरानमा छन्– कसरी एमाले जनताको दिलमा जरा गाडेर बस्न सक्यो भनेर । 

जननेता मदन भण्डारीले कम्युनिष्ट पाटीको लोकतान्त्रीकरण नगरेको भए नेकपा(एमाले) एक अजेय शक्ति बन्ने थिएन । कम्युनिष्ट पार्टी, यसका नेता र कार्यकर्ताहरु जनताको परीक्षाका विषय हुने, प्रतिष्पर्धाको राजनीति, संसद व्यवस्थाप्रतिको निष्ठापूर्ण अभ्यासले एमाले विशेष धातुले बनेको छ । नेकपा(एमाले) विचारको राजनीति गर्छ । नीति, नेतृत्व, नियत, नैतिकता, नियम र निर्णयमा एकरुपता भएको मुलुकको एक मात्र पार्टी एमाले हो । एमालेरुपी कस्तुरीमा भएको विशेष चिज भनेकै जनताको बहुदलीय जनवाद हो । माक्र्सवादको नवीनतम व्याख्या नै जनताको वहुदलीय जनवाद हो । यसले कम्युष्टिहरुलाई जडभगत र संशोधनवादी, विसर्जनवादी र अधिनायकवादी, असहिष्णु र आत्मकेन्द्रित हुनबाट जोगाउँछ । एमाले यस्तो पार्टी हो, जो जननेता मदन भण्डारीले बसालेको बलियो जगमा उभिएको छ । 

पार्टी, नेता र कार्यकर्तालाई सैद्धान्तिक रुपमा जनताको परीक्षणको विषय बनाउने संसारको पहिलो कम्युनिष्ट पार्टी एमाले हो । असल र योग्य नेताको धनकुवेर पार्टी पनि एमाले नै हो । बाध्यताले थिचिएर मात्र एमालेले लोकतन्त्रको बाँसुरी फुकेको होइन । एमालेलाई लोकतन्त्रप्रति अटल निष्ठा छ । देशभक्ति र राष्ट्रियतालाई लोकतन्त्रबिरुद्धको तरबार बनाउने मण्डले राष्ट्रवाद र लोकतन्त्रलाई लैनचौरतन्त्रको गुलामी, मलामी र सलामीमा सीमित बनाउने आत्मसर्मपणवादी लोकतन्त्र एमाले दुबैलाई अस्विकार र घृणा गर्छ । देशभक्त भएर पनि लोकतन्त्रवादी हुन सकिन्छ र लोकतन्त्रवादी भएर देशभक्त हुन सकिन्छ । यो एमालेले आफ्ना प्रतिद्वन्द्वीहरुलाई सिकाएको व्यवहारसिद्ध पाठ हो ।   

सहकार्य नगरेर असहिष्णु हुने र स्वाभिमान गुमाएर विरोधी कित्ताका राजनीतिक दल र तिनका नेताको पाउ मल्ने दोहोरा गल्ती गर्ने भड्काव र वहकावसँग एमालेले टक्कर लिदै आएको छ । पराहीका पाउ मालिस र जुत्ता पालिसको राजनीतिलाई एमाले घृणा गर्छ । एमाले सामाजिक न्याय र अग्रगामी रुपान्तरणको अखण्ड ज्योति हो । गति र ग्रहणशीलता, जुझारु चरित्र र सहिष्णुता, जनताको सुखदुःख र शासकीय सुझबुझ एमालेले कायम राखेका बहुआयामिक सन्तुलनहरु हुन् । कसैलाई पनि इमान्दारितापूर्वक काँध थाप्नु, कृतघ्न हुने र गद्दारी गर्नेका करङ धुल्याउन सक्नु महावली एमाले प्रमुख चिनारी हो । एमालेको यही तप, सत, साधना र निष्ठा नै जनादेश व्रmान्तिको सुगन्ध र सार हो ।   

हात्तीको शिकार गर्ने सिंहको शरीरभरि निलडाम हुन्छ । शिकार सिंहले गर्छ तर मासु कब्जा अल्छी हुँडारको झुण्डले गर्छ । जंगली राजमा त एक सिंह पनि यसरी अन्यायमा परेको हुन्छ । जनताको राजमा एमाले सँधै अन्यायमा पर्ने छैन । एक होइन अनेक, एक पटक होइन अनेक पटक चुनौतीहरुको मुकाबिला गर्नु पर्दा एमाले पनि अस्तव्यस्त भयो होला र अनेकौैं कमजोरी रहे होलान् तर पनि एमाले एक मेहनती माझी हो भने उसका प्रतिद्वन्द्वीहरु बाढीले बगाएर ल्याएका माछा छोप्ने भाग्यमानी बटुवा मात्र हुन् । अवसरले सँधै सबैलाई साथ नदिन सक्छ र निष्ठा सँधैभर एमालेलाई भारी नपर्न सक्छ । सत्ता गठबन्धनका घटकहरुको एमालेप्रतिको बाक्लै भ्रमको हटेको पर्दा एक उदाहरण हो । समृद्ध नेपाल र सुखी नेपालीको महाअभियानमा सबैको सामेली जननेता मदन भण्डारीले उघारेको राजनीतिक क्षितिजको आशालाग्दो रोशनी हो । निराशा होइन अनन्त ऊर्जा र उत्साह, द्वेष होइन एकता, तनाव होइन लगावको बहुदलीय जनवादी संस्कृतिको मुहान जननेता मदन भण्डारी प्रातः प्रातः स्मरण नै आधुनिक नेपालको अटल सौभाग्यको आधार हो । मदन भण्डारी ब्राण्डको चेतनास्तर र जागरण आधुनिक नेपाल र जागेका जनताको मेरुदण्ड हो ।   

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ३७ बजे