साफ यू–१७ च्याम्पियनसिप आजदेखि

दिपेन्द्र आइसीसीको टी-२० वरियताकाे टप टेनमा

काठमाडौँ । नेपाली क्रिकेटर दिपेन्द्र  सिंह ऐरी आइसिसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।

आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसिसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

टी-२० को अलराउण्डर वरियताको शिर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् ।

त्यसैगरी दक्षिण अफ्रिकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अलि नवौँ स्थानमा रहेका छन् ।
         

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ०२ बजे