एमाले अध्यक्ष ओलीद्वारा विद्यार्थी महोत्सवको अवलोकन 

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले भृकुटी मण्डपमा आयोजना भइरहेका विद्यार्थी महोत्सवको बुधबार अवलोकन गर्नुभएको छ। भृकुटीमण्डपमा मङ्गलवार देखी  सुरु भएको विद्यार्थी महोत्सव कार्यक्रम गरेर विद्यार्थीलाई रचनात्मक ढङ्गबाट सहभागी गराएर आफू सृजनात्मक भएको  उदाहरण पेस गरेको थियो । ओलीले त्यहाँ रहेका स्टलहरू अवलोकन गर्नुभएको  हो । 

महोत्सव स्थलमा विद्यार्थीहरूले खचाखच भरिएको थियो । उद्घाटन सत्र हुनुभन्दा अगाडि राजनीतिकका दिग्गज व्यक्तिलाई राखेर शैक्षिक बहस गरिएको थियो। एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली काँग्रेसका नेता  एनपी  साउद जनमत पार्टीका अध्यक्ष डा सिके राउत लगाएको उपस्थितिमा शिक्षा प्रणालीको पोलिटिक्स इन्जिनियरिङ विषयमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले बहस गराएका थिए ।

बहसमा सहभागी नेताहरुले अहिलेको मुलुकको शिक्षा प्रणाली बेरोजगारी उत्पादन गर्ने खालको सर्टिफिकेट वितरण गर्ने मात्र रहेको भन्दै शैक्षिक प्रणाली परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए  ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ४ : ४३ बजे