काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को गरिमामय समय काँग्रेसको कुण्ठामा खेर फाल्न नहुने बताउनुभएको छ। ।एमाले संसदीय दलको बुधबारको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।
संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौँ । कहीँ कतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने र काँग्रेसले नै फैसला पनि ठोकी हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्म कुण्डली हामीलाई थाहा छ । त्यति भन्छु’ ओलीले भन्नुभयो ।
अर्को एक सन्दर्भमा ओलीले गिरीबन्धु टी(स्टेटको जमिन काँग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाउनुभयो । काँग्रेसले नै गिरीबन्धु टी(स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो ओलीले भन्नुभयो
काँग्रेसले टिस्टेटबारे उठाइरहेको कुरा बकबासु रहेको उल्लेख गर्नुभयो । ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टी स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन ।ु ओलीले भन्नुभयो ।
उहाँले काँग्रेसका बद्मासीहरुको बारेमा पनि कुरा उठाउने भन्दै सांसदहरूलाई त्यस्ता कुरा उठाउन निर्देशन दिनुभयो ।‘हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, काँग्रेस कराई रहनुपर्ने हुन्छ , पार्लियामेन्ट भनेको त्यही हो । हामी सुनिरहने, काँग्रेस कराई रहने । यो चल्दैन ओलीले भन्नुभयो अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ ।’ चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसङ्गमा कुरा चल्या छ । त्यो प्रसङ्गमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो रु र दुनियाँलाई थाहा छ ओलीले भन्नुभयो ।
प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ३ : ५८ बजे
प्रतिक्रिया