एमाले संसदीय दलको बैठक सुरू

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।

बुधवार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो।  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नुहुनेछ ।

आजको संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी हुनुहुन्छ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ वैशाख १ गते मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको थियो ।

उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १ : ५९ बजे