साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सहकारी पीडितका अगुवा गाँजा खाएर आएपछि ….. 

काठमाडौँ ।  गएको साता माइतीघर गर्मीले निकै तातिएको थियो। त्यो तातिएको माइतीघरमामा   आउँदै थियो सहकारी पीडितको  जुलुस । सहकारी पीडितको जुलुस माइतीघर मण्डलामा बसेर चर्का नारा लगाइरहेको थियो। नारा लगाएका ठाउँमा चर्का र अस्वभिावक देखिए एक सहभागी ।  प्रहरी वृत्त सिंहदरबार वाट खटिएका प्रहरीको नजर पनि ती चर्को र अस्वाभाविक नारा लगाउने व्यक्तिमाथि परिरह्यो। उनी प्रहरीबाट कार्यक्रमको सुरु देखिनै शङ्काको नजरमा परे। 

ती व्यक्ति थिए डा निकालोस भुसाल । उनले सहकारी पीडितसँगै गृहमन्त्री रवि लामिछानेको पनि राजीनामा मागी रहेका थिए।उनले गृहमन्त्री रवि लामिछानेलाई छाडा गाली गर्दै राजीनामा माग्दै आफै भाषण गरेका थिए। उनको गाली सार्बजनिक ठाउँमा सुनी सक्नु थिएन। 

गालामा रुद्राक्षको माला र रामनामी ओढेका भुसालले आफुहरुसंग हतियार भएको भन्दै चुनौती दिएका थिए। उनले भाषणका क्रममा सिङ्गल सिङ्गल आउन चेतावनी दिएका थिए। उनले हतियार पनि छ भनेर भाषण गरेपछि समाचार सङ्कलनका लागि उपस्थित भएका पत्रकारले कहाँ राख्नु भएको छ त्यो हतियार भनेर प्रश्न सोध्दा उनले भनेका थिए‘ भन्दिन कहाँ राखेको  छु भनेर ’। उनले जरुरी परेका दिन त्यो हतियार निकाल्ने  कुन हतियार छ भनेर देखाउने चेतावनी दिएका थिए। 

उनको अस्वभिावक गतिविधि नियाली रहेको प्रहरीले शङ्का लागेर उनलाई अनुसन्धानका लागि पक्राउ गरेर  सिंहदरबार प्रहरी परिसरमा पु¥याएको थियो। त्यसपछि प्रहरीले उनले गाँजा खाएर आएको शङ्का ग¥यो र उनको परीक्षण ग¥यो। परीक्षण रिपोर्टमा उनले गाँजा खाएको प्रमाणित भयो। 

त्यसपछि प्रहरीले अनुसन्धानका लागि प्रहरी कार्यालयमा थुनुवा पुर्जी थमायो। उनलाई   केही दिन राखेर सम्झाई बुझाइ गरेको प्रहरी स्रोतले भन्यो। 

उनी  छुटेपछि रवि लामिछानेको विरोध गरेकोले आफूलाई पक्राउ गरेको भन्दै प्रचार गरेपछि अनुसन्धानमा खटिएका प्रहरी नै हाँसेका थिए। प्रहरी परिसर सिंहदरबारका एक अधिकृतका अनुसार अहिले पनि उनले गाँजा खाएको  प्रमाणित भएको रिपोर्ट उनीसँग छ। 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १२ : ४८ बजे