मुख्यमन्त्रीमा कुरा नमिल्दा अन्योलमा मधेसको समीकरण 

काठमाडौँ। सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्रीको अडान नछाडेपछि मधेस प्रदेशमा सरकार निर्माण वा विस्तार को कुरा रोकिएको छ। यस विषयमा दलहरुबीच बाक्लो छलफल भए पनि मुख्यमन्त्रीमा पुगेर कस्तो समीकरण बन्ने  भन्ने विषयमा अन्योल रहेको स्रोतले बतायो। 

मधेसमा १३ सांसद रहेको जनमत र ७ सांसद भएको लोसपा एक  ठाउँ उभिँदा अन्य दलले सजिलै बहुमत पु¥याउन कठिन हुने एक नेताले बताए। 

एमाले माओवादीले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ४ पार्टीबीच नयाँ समीकरण मिलाएर अगाडि जाने र जसपा नेतृत्वको सरकार विस्थापित गर्ने सहमति भएको थियो। एमाले , माओवादी, जनमत र लोसपाबीच भएको सहमति अनुसार यसरी समीकरण मिलाएर जाँदा बहुमत पुग्ने अङ्कगणित समेत जुटेको थियो। 

तर लोसपा र जनमत एक ठाउँमा भएर जनमतले मुख्यमन्त्री पाउनु पर्ने अडान राखेपछि मधेसमा सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ। वर्तमान मुख्यमन्त्रीले नै आफूले सबैलाई मिलाएर लैजाने भन्दै बहुमत जुटाउने प्रयास गरे पनि त्यसो हुने सकेको छैन।  जनमत र लोसपाले भने मुख्यमन्त्रीका लागि चन्दन सिंह लाई अगाडि सारेका छन् । तर मुख्यमन्त्रीमा एमालेले पनि दाबी गरेपछि अहिले छलफल समेत सुस्ताएको छ। 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १० : ३९ बजे