साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भृकुटी मण्डपमा विद्यार्थी महोत्सवको पहिलो दिन, रोवर्टदेखि  टपरीसम्म 

काठमाडौँ, ।    अनेरास्ववियु ६० बर्से यात्रामा इतिहासमै मङ्गलवार फरक दृश्य देखियो । सधैँ भाषण, क्रान्तिकारी कुरा झडप गर्ने अखिले मङ्गलवार भने बौद्धिक बहसमा उत्रिएको छ । 

महोत्सवमा अनेरास्ववियु यति वेला रचनात्मक काममा गर्दो रहेछ भन्ने उदाहरण विद्यार्थी महोत्सवमा देखाएको छ । 

भृकुटीमण्डपमा मङ्गलवार देखी  सुरु भएको विद्यार्थी महोत्सव कार्यक्रम गरेर विद्यार्थीलाई रचनात्मक ढङ्गबाट सहभागी गराएर आफू सृजनात्मक भएको  उदाहरण पेस गरेको थियो । 

महोत्सव स्थलमा विद्यार्थीहरूले खचाखच भरिएको थियो । उद्घाटन सत्र हुनुभन्दा अगाडि राजनीतिकका दिग्गज व्यक्तिलाई राखेर शैक्षिक बहस गरिएको छ । एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली काँग्रेसका नेता एनपी  साउँद, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगाएको उपस्थितिमा शिक्षा प्रणालीको पोलिटिक्स इन्जिनियरिङ विषयमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले बहस गराएका थिए । बहसमा सहभागी नेताहरुले अहिलेको मुलुकको शिक्षा प्रणाली बेरोजगारी उत्पादन गर्ने खालको सर्टिफिकेट वितरण गर्ने मात्र रहेको भन्दै शैक्षिक प्रणाली परिवर्तन गर्नुपर्ने धारणा राखे  । 

एमालेका महासचिव शङ्कर पोखरेलले कुनै पनि राजनीति दल निश्चित विधिबाट चल्नुपर्ने र  राज्य बलियो भयो भने मात्र जनता बलिया हुने बताउनुभयो । उहाँले  राजनीतिक चक्र सकिएकोले अव अव अािर्थक र सामाजिक चक्र तिर जानुपर्ने बताउनुभयो  । 

कार्यक्रममा पहिलो सत्र सकिएपछि महासचिव पोखरेलले नै कार्यक्रमको उद्घाटन गर्नुभयो । रोवोर्ट र ड्रोनबाट नै उद्घाटन गरिएको थियो । 

उद्घाटन गर्दै महासचिव पोखरेलले अनेरास्ववियु जनता र मुलुकको भरपर्दो सङ्गठनको रूपमा रहेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक यात्रा पुरा गरिसकेकोले अव आर्थिक र सामाजिक यात्रातर्फ डोर्‍याउन आवश्यक रहेको बताउनुभयो । नेपालको शिक्षा प्रणालीले अपेक्षित परिमाण ल्याउन नसकेको स्मरण गर्दै  भन्नुभयो, “विश्वविद्यालयले सर्टिफिकेट बाँडेन मात्र काम गरे । त्यसले विश्वविद्यालयले विद्यार्थीलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।”

जहरलाल नेहरु विश्वविद्यालयका स्ववियु सभापति धनञ्जलले शिक्षा प्रणालीको आमूल परिवर्तन आवश्यक रहेको भन्दै विश्वविद्यालयले युग सुहाउँदो विषय पढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वविद्यालयले व्यावसायिक मुलुक र बजारमा  विक्री हुने खालका जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । 

उहाँले युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट एउटा नयाँ जागरण ल्याउने प्रयत्न गर्ने बताउनुभयो । अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुको साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझाव दिने बताउनुभयो । 

कार्यक्रममा महोत्सव संयोजक तथा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले स्वागत मन्तव्य दिँदै नेपाली विद्यार्थीलाई नेपालमा केही गर्न सकिन्छ भनेर महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले विश्वविद्यालयले आफ्नो उद्देश्य अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली भए पनि अस्वस्थका कारण आउनु भएन । महासचिव पोखरेलले उद्घाटन समारोहमा मन्तव्य दिँदै अध्यक्ष स्वास्थ्य अवस्थाका कारणले नआएको जानकारी दिनुभयो । 

उद्घाटन समारोहमा झिझिया नृत्य, कौडा नृत्य, कुटुम्ब नृत्य, अष्टमात्रिका नृत्य,  जस्ता नृत्य देखाइएको थियो । उद्घाटन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमाल, कोशि प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, लगायत अनेरास्ववियुका पूर्व अध्यक्ष खिमलाल भट्टराई, ठाकुर गैर, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नबिना लामा सुनिता बराल लगायतका नेताहरु आउनु भएको थियो । 

नेपालका इतिहासमा सबभन्दा ठुलो कार्यक्रममा रूपमा रहेको महोत्सवले विद्यार्थी आन्दोलनलाई अव रचनात्मक ढङ्गबाट लैजानुपर्दछ भन्ने सन्देश दिएको छ । 

महोत्सवमा  प्रत्यक्ष परियोजनाहरू, .लाइभ म्युजिक, करियर काउन्सिल,  बहस र संवाद, सात वटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, .फुड स्टल, ई–गेमिङ्ग प्रतियोगिता,  रोवोटिक्स, पर्यटन भिजन,  विश्वविद्यालय जानकारी,  कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता,.चलचित्र स्क्रिनसङ र दस्तावेजीकरण कार्यक्रम गरिने छ । 

महोत्सवमा दुना टपरी  बनाउनेदेखि रोवटिक खेलमा आकर्षण

महोत्सवमा सहभागी हुन आएका विद्यार्थीलाई दुना टपरी पनि सिकाउने गरिएको छ । महोत्सवमा आएका विद्यार्थीले आफै दुना टपरी  बुन्ने गरेको पाइएको छ । दुना टपरी बनाउन विद्यार्थीको भीड लागेको थियो । यस्तै गुन्द्री बनाउने पनि विद्यार्थीले महोत्सवमा सिक्न पाएका छन् । 

यस्तै विद्यार्थी रोर्वटल फुटबल खेलमा आकर्षण रहेको छ । रोवर्टले फुटबल खेलबाट मनोरञ्जन लिएका थिए । 

यस्तै इ गेमिङमा पनि विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो । 

अर्को विद्यार्थी आन्दोलनको छ दशक र अबको कार्यभार सामूहिक छलफलमा अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल, अनेरास्ववियु क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने,  र नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष गुरुराज घिमिरे सहभागी हनुुुहुन्थ्यो । 

बाहिर उद्घाटन सत्र चल्दा भइरहेको सामूहिक छलफलमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बाहिर उद्घाटन सत्रको बिचबिचमा सांगतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरिएको थियो । जसले गर्दा विद्यार्थी खचाखच उपस्थिति रहेको थियो । 

 विद्यार्थी महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिबी, जेहेन्दार विद्यार्थीलाई छात्र वृत्ति प्रदान गरिने छ । 

विद्यार्थी महोत्सवका संयोजक धर्म गिरीका अनुसार महोत्सव’ मा १५० भन्दा बढी शैक्षिक स्टल राखिने छ । 

उद्घाटन पछि दिउँसो ४ बजेदेखि ‘विद्यार्थी महोत्सव’ विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नका लागि लाइभ म्युजिक कार्यक्रम समेत राखिएको छ । जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्यान्डका कलाकारहरूले आज दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म साङ्गीतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गदैछन । भृकुटीमण्डपको मैदान विद्यार्थीले भरिएको छ । विद्यार्थी कलाकार सँग नाचेका छन् ् । 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : ४५ बजे