दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ: राष्ट्रपति

काठमाडौँ । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ।  मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताउनु भएको हो।

उहाँले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताउनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताउनुभयो। उहाँले मूल्यवृद्धिदर पनि घटेको बताउनुभयो। उहाँले कानुनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पनि जानकारी दिनुभयो।

उहाँले  बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताउनु भयो। उहाँले शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ४२ बजे