‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्षको उमेरमा निधन

काठमाडौं । । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्षको उमेरमा निधन भएको छ । आज मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

१० दिनअघि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।  नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिनुहुन्छ । 

​​​​​​​

नयराज पन्तका शिष्य ज्ञानमणि नेपालको चर्चित पुस्तक हो  ‘नेपालको महाभारत’।त्यस्तै ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल–भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् । नेपालका २ छोरा छन् । 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : १७ बजे