कोशी प्रदेशसभाकाे जसपाकी एकमात्र सांसद निर्मला लिम्बू अशोक राईकाे पक्षमा खुलिन्

काठमाडौं । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा खुलेकी छन् । प्रदेश निर्वाचन कार्यालय पुगेर निर्मलाले नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेकी हुन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।

निर्मला समानुपातिक सांसद हुन् । उनी यसअघि पटकपटक मन्त्री बनिसकेकी छन् । लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी छैनन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : ५८ बजे