नीति कार्यक्रम पेस गर्न नदिने अडानबाट किन ‘ब्याक’ भयो काँग्रेस ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने अडानमा मङ्गलवार अचानक परिवर्तन आयो,। सिंहदरबारमा मङ्गलवार बिहान बसेको  संसदीय दलको बैठकले राष्टपतिलाई नीति कार्यक्रम  पेस गर्न दिने निर्णय ग¥यो  । 

यस अघि  राष्ट्रपतिले वाचान गर्ने नीति कार्यक्रम पेस गर्न दिने कि नदिने भन्नेमा विवाद थियो।   सरकारको नीति कार्यक्रम भएकोले रोक्ने भन्ने एउटा तर्क थियो भने अर्को राष्ट्रपति सम्मानित  पद भएकोले त्यसलाई रोक्नु नहुने तर्क थियो। 

 काँग्रेसको मुख्य माग नै सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नु थियो। तर सरकार नीति कार्यक्रम पेस गर्ने  केही घण्टा अघि सम्म माग संवोधन गर्न तयार भएन। 

तर मङ्गलवार बिहान बसेको काँग्रेसको संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति कार्यक्रम पेस गर्न दिने निर्णय ग¥यो। नेपाली काँग्रेसले राष्ट्रपतिलाई नीति कार्यक्रम पेस गर्न नदिने हो भने त्यसको गलत अर्थ लाग्ने विश्लेषण गरेको  एक नेताले बताए।  स्रोतका अनुसार नेपाली कांग्रेस माथि  राष्ट्रपतिबाट समेत  नैतिक दबाब परेको थियो। त्यसै कारण नीति कार्यक्रम पेस गर्न नदिने अडानमा रहेको कांग्रेसमा अचानक यु टर्न आयो । 

नीति कार्यक्रम प्रस्तुतपछिको संसदीय कारबाहीमा भने अवरोध गर्ने रणनीतिमा छलफल भइरहेको एक सांसदले जानकारी दिए ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा रहेको काँग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

आज ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै हुनुहुन्छ  ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : ५९ बजे