साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । 

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।

 डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएसकेकाे छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : २५ बजे