नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

सरकारले आजै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् अवरुद्घ गर्ने धम्की दिए पनि अन्तिम समयमा आज बसेको नेपाली काग्रेंसको बैठकले अवरोध नगर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : १४ बजे