दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चुच्चे नक्सा नेपाली सिक्कामा पहिले नै प्रकाशित भएको खुलासा  

​​​​​​​काठमाडौँ।  यस बेला सयको नेपाली नोटमा चुच्चे नक्सा प्रकाशित भएको विषयमा  ठुलो बहस भएको छ। भारत सरकारले समेत त्यो विषयमा  असन्तुष्टि प्रकट गरेको छ।   

तर नेपाली सिक्कामा चुच्चे नक्सा   दुई रुपैयाँको नेपाली सिक्कामा रहेको पाइएको छ। 

 तर पहिले नै प्रयोग भइसकेको त्यो चुच्चे नक्साका बारेमा यस बेला विवाद हुनको कुनै अर्थ छैन। नक्सा प्रयोग भएका विषयमा  त्यसको विपक्षमा आफ्नो भनाई राख्दा राष्ट्रपतिका आर्थिक सल्लाहकारले पदबाट राजीनामा दिनुभएको छ। देशको  प्रधानमन्त्री भइसक्नुभएका डा बाबुराम भट्टराईले यसको विपक्षमा अभिव्यक्ति दिएर आफूलाई उदाङ्गो पार्नुभएको छ।  

सिक्कामा सय नोट प्रयोग गरेकोमा धेरैले पक्ष र विपक्ष कतै धारणा सार्बजनिक गरेनन् । तर एमाले अध्यक्ष केपी  शर्मा ओलीले सयको नोटमा नक्सा प्रयोग गरेकोमा त्यसको पक्षमा डटेर धारणा राख्दै आउनुभएको छ। त्यसो त  संसद्बाट चुच्चे नक्सा ओलीले नै आफू प्रधानमन्त्री भएको बेला सर्वसम्मत पारित गराउनुभएको हो। 

चुच्चे नक्साबारे सामाजिक सञ्जाल फेसबुकमा  लेख्नुहुन्छ  ‘ २ को सिक्कामा त उहिले देखि नै थियो चुच्चे नक्शा। सयको नोटमा राख्दा केको हो हल्ला हो हजुररु? 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : ३९ बजे