सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ ।

उहाँहरूबीच सिंहदरबारमा छलफल भएको हो । शीर्ष तीन नेताबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको बुझिएको छ ।

आजै प्रधानमन्त्री प्रचण्डले संसद अवरोध गर्दै आएको प्रतिपक्षी दल काँग्रेससँग पनि छलफल गर्नुहुने बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ४० बजे