उपेन्द्र यादवले दायर गरे निर्वाचन आयोगविरूद्व रिट

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर  गर्नुभएको छ ।

उहाँले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

उहाँले नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश  माग गर्नुभएको छ ।

सर्वोच्चले पेशी तारेखका लागि जेठ २ गते अदालतमा हाजिर हुन भनेको छ । उहाँ अमेरिका रहँदा जसपाका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदलाई लिएर जनता समाजवादी पार्टी गठन गर्नुभएको  थियाे ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : १४ बजे