कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत 

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउनुभएको छ।  ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उहाँले   ५७ मत पाउनुभएको हो  । ५ सदस्य भने जना भने तटस्थ बसे ।

संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त  हुनुभएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।

उहाँले  यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको थियो ।
 
 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ४२ बजे