मधेसमा एमाले माओवादी बाहेकको समीकरण प्रयास 

काठमाडौँ। मधेसमा एमाले माओवादी बाहेकको समीकरणको प्रयास भएको छ। एमाले माओवादीका दलहरू मिलेर सरकार बनाउने सहमति भएको  स्रोतले बतायो। 

 जसपाका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको सरकारबाट आइतबार मात्रै  एमाले र माओवादी फिर्ता भएका थिए। ती दुवै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएर बाहिरिएका थिए। 

आइतबार मात्रै एमाले, माओवादी, जनमत , र लोसपाबीच सरकार बनाउने  सहमति भए पनि सोमबार अचानक उल्टिएको छ। केही बेर अगाडि  मात्र जसपा नेतृत्वमा सरकार बनाउन काँग्रेस, लोसपा , नेकपा एस लगायतका दलबीच सहमति भएको स्रोतले बतायो। 

गठबन्धनमा    काँग्रेसका २३, जसपाका १९ लोसपाका ७ जनमतका १३ सांसद  छन्। १सय १० प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको आवश्यकता पर्छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ५० बजे