‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गएराति फ्लाई दुबईबाट काठमाडौँ आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन/पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।”

पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ०२ बजे