मधेस प्रदेश: नयाँ सरकार गठनबारे चार दलको बैठक

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित चार दलका नेताहरूले छलफल सुरू गरेका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिएपछि यी दलका नेताहरू नयाँ सरकार गठनको परामर्शमा जुटेका हुन्।

एमाले र माओवादीले सरकार छोडेसँगै मधेस प्रदेशको सरकार अल्पमतमा परेको छ। छलफलमा एमाले, माओवादी केन्द्र, जनमत र लोसपाका सांसदहरू सहभागी छन्।

मधेसको सरकार बनाउन ५४ जना सांसद चाहिन्छ। यी चार दलसँग अहिले ५५ जना सांसद छन्। मधेसको सबैभन्दा ठूलो दल एमालेसँग सभामुख सहित २५, माओवादीका ९, जनमतका १३ र लोसपाका ८ जना सांसद छन्।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ३९ बजे