मधेसमा ढल्ने भयो जसपा नेतृत्वको सरकार 

 काठमाडौँ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेस सरकार छाड्ने तयारी गरेको एक मन्त्रीले  जानकारी दिए ।उनका अनुसार आज साँझ सम्ममा यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कार्यक्रम छ। 

मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ । उहाँ  नेतृत्वको मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली काँग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको आन्तरिक प्रयास भइरहेको छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् । यो सङ्ख्या नयाँ सरकार गठनका लागि आवश्यक बहुमत हो । नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने बिषयाम छलफल भइरहेको ती मन्त्रीले बताए। 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : २१ बजे