कार्कीलाई एसले मतदान नगरे सोडारीको सरकार ढल्ने 

विराटनगर । एकीकृत समाजवादीले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । एकीकृत समाजवादीको यो निर्णयले सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीको सरकार धरापमा पर्ने भएको छ। 

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै सो पाटीर्ले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकमा अनुपस्थिति रहने निर्णय गरेको छ। । सो पार्टीको यो निर्णयले  मुख्यमन्त्रीले हिक्मत कार्की विश्वासको मत पाउने छन् । किन भने एमालेका ४० र माओवादीका १३ गरि ५३ सदस्य कार्कीको पक्षमा छन् ।  विश्वासको मत  प्राप्त गर्नका लागि ४७ सदस्य आवश्यक पर्छ 

एकीकृत समाजवादी कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको दाबी गर्नुभएको छ।   तर कोशीमा एक सिट रहेको जसपाले भने कार्कीलाई विश्वासको मत दिने भएको छ। जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताउनुभयो  

एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा काँग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको छ। । उक्त रिटको अन्तिम सुनुवाइका लागि अदालतले जेठ ९ गतेका लागि तोकेको छ । 

कोसी प्रदेशमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपा नेपालका १ सांसद छन् । कोसीको एसको निर्णयले  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत   गर्न कठिन हुने भएको छ। एमालेले विश्वासको मत नदिए  सुदूरपश्चिम सरकार ढल्ने निश्चित  छ। एमालेले नेकपा एसले कोशीमा जस्तै सुदूर पश्चिममा निर्णय गरेमा ४ सिटे सो पार्टीका मुख्यमन्त्रीले विश्वासको मत  प्राप्त गर्ने छैनन्।

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ सिट चाहिन्छ । त्यसका लागि नेकपा (माओवादी केन्द्र)सँग ११, नेकपा (एमाले)सँग १०, नागरिक उन्मुक्ति पार्टीसँग सात यससँग ४ राप्रपासँग एक  सिट छ। त्यसै गरी नेपाली काङ्ग्रेससँग १९ सिट रहेको छ। 

कोशी प्रदेशका मुख्यमन्त्री  कार्कीले भोलि विश्वासको मत लिनु हुने भएको छ। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले सोमबार अधिवेशन आव्हान गर्नु भएको छ।

विश्वासको मत लिने सम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको छ। संविधानको धारा १६८ (५) अनुसार कार्की शुक्रवार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। उहाँनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ५८ बजे