कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले भोलि विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भोलि विश्वासको मत लिनु हुने भएको छ। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले सोमबार अधिवेशन आव्हान गर्नु भएको छ।

विश्वासको मत लिने सम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको छ। संविधानको धारा १६८ (५) अनुसार कार्की शुक्रवार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। उहाँनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ४५ बजे