‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कामीरिता शेर्पाले गर्नुभयो २९ औं पटक सगरमाथाको आरोहण, आफ्नै कीर्तिमान भंग

काठमाडौं । कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड कामीरिताले तोड्नुभएको हो ।

उहाँ आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आरोहण टोलीका तासी लाक्पा शेर्पाले बताउनुभयो ।

उहाँले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सोलुखुम्बुका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा सुरु गर्नुभएको थियो ।

५४ वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्से, मनास्लुलगायतका हिमालको समेत आरोहण गर्नुभएको छ  ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ४० बजे