साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चुच्चे नक्साबारे  विदेशीको पक्षमा बोल्ने  राष्ट्रपतिका आर्थिक विज्ञद्वारा राजीनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा‍‍. रञ्जीवी नेपालले राजीनामा दिनुभएको छ । १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका उहाँले  राजीनामा दिनुभएको  । 

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले डा नेपालले दिएको राजीनामा  स्वीकृत गरेको जानकारी दिनुभयो । 

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले संवत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’,  विज्ञप्तिमा उल्लेख छ। 

नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे उहाँले  बोलेको विषयमा यसअघि राष्ट्रपतिले नै  उहाँसंग  सोधखोज गर्नुभएको थियो । त्यसपछि उहाँले  विज्ञप्ति जारी गरेर आफ्नो बचाउको प्रयास गर्नुभएको थियो  । 

उनले १०० को नोटमा चुच्चे नक्सा राखेर सरकारले भारतलाई चिढ्याउने कार्य गरेको आशयको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिको एमाले अध्यक्ष केपी ओलीले समेत आलोचना गर्नुभएको थियो

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : २८ बजे