प्रधानमन्त्री र कांग्रेसबीचको छलफल निष्कर्षविहीन 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका शीर्ष नेताहरूबिच छलफलमा विना निष्कर्ष सकिएको छ। आइतबार बिहानको यो छलफल पछि पनि संसद्मा जारी अवरोध खुल्ने वा नखुल्ने अनिश्चित बनेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको काँग्रेस नेताहरूले दाबी  गरेका छन्  । छलफलपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले आफ्नो पूर्ववत् अडान राखेको र प्रधानमन्त्री त्यसमा सकारात्मक भएको जानकारी दिनुभयो । 

‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ’, लेखकले भन्नुभयो ।  संसद् खुलाउने नखुलाउने भन्ने सरकार र सत्तापक्षमा भरपर्ने काँग्रेस नेताहरूको भनाइ छ । 

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसद्को अवरोध जारी राख्ने जनाएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई  सकारात्मक रहेको

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : १० बजे