साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तीन सय तेह्र केजी गाजासहित एक पक्राउ

धरान । धरान उपमहानगरपालिका–८ बाट तीन सय १३ गाजासहित एक जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षे आशीष कार्की सो परिमाणको गाजासहित पक्राउ गरेको हो ।

धरान–८ स्थित बुढासुब्बा वर्कसपमा बा१०च ६८३८ नंको स्कार्पियो गाडी शङ्कास्पद अवस्थामा देखिएपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उहाँले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : १६ बजे