‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कुवेतका अमिरद्वारा संसद् भंग गर्दै संविधान निलम्बन

काठमाडौँ  । कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले  संसद् भंग गर्दै संविधान निलम्बन गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंगको घोषणा गरेका हुन् ।

अमिरले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षहरूको अध्ययन गरी चार वर्षभन्दा बढी अवधिका लागि संविधानका केही धारा निलम्बन पनि गरेका छन्।

अब राष्ट्रिय सभाको शक्ति अमिर र मन्त्रिपरिषद्ले ग्रहण गर्ने सरकारी टिभीले रिपोर्ट गरेको छ।

'कुवेत, हालै केही कठिन समयबाट गुज्रिरहेको छ । देश बचाउन र यसको उच्चतम हितहरू सुरक्षित गर्न कठिन निर्णय गर्न हिचकिचाहट वा ढिलाइको लागि कुनै ठाउँ छोडिन्न,' अमिरले भनेका छन् ।

उनले देश बचाउन कठोर निर्णय लिएको बताएका छन् । 'हामीले असह्य कठिनाइ र अवरोधहरूको सामना गर्‍यौं। केहीले अमिरको शक्तिको मूल भागमा हस्तक्षेप गर्नसम्म पुगेका छन्,' उनले सम्बोधनमा भनेका छन् ।

अमिरका लागि सुरक्षित रहेको युवराज छनोटमा समेत केहीले हस्तक्षेप गर्न चाहेको बताएका छन् । 'विगतका वर्षहरूमा देशले अनुभव गरेको अस्वस्थ वातावरणले भ्रष्टाचार फैलाउन प्रोत्साहित गरेको छ । भ्रष्टाचार राज्यका अधिकांश क्षेत्रमा पुगेको छ,' अमिरले भनेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : ३७ बजे