दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

दक्षिण कोरियाले यो वर्षदेखि ‘होटल र रेस्टुराँ’मा पनि नेपाली कामदार लिने

काठमाडौं । दक्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन्।

कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ।

केहीअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको उसले अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो।

नेपालका लागि कोरियाली राजदूतले बुधवार सञ्चारकर्मीहरूसँग बोल्दै नयाँ क्षेत्रमा यसै वर्षभित्र कामदारहरू लान थालिने जानकारी दिएको विवरण पनि आएका छन्।

उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : ४२ बजे